हाइटीका लागि अमेरिकी विशेष दूत डानियल फुटद्वारा राजीनामा

Capture dfdf

एजेन्सी । अमेरिका प्रवशे गरेका हाइटीका आप्रवासीहरूलाई अमानबीय तरिकाले फिर्ता गरिएकोप्रति रुष्ट हुदै हाइटीका लागि अमेरिकी विशेष दूत डानियल फूटले राजिनामा दिएका छन् ।

टेक्ससको सीमावर्ती शहरको एउटा पुलमुनि खडा गरिएको क्याम्पमा बसेका १३ हजार हाइटीका आप्रवासीहरुलाई अमेरिकी सुरक्षाकर्मीले निर्मतापुर्वक व्यवहार गरेको र उनीहरुलाई जबर्जस्ती हाइटी फर्काइएको भिडियो र तस्बीरहरु सार्वजनिक भएपछि अमेरिकाभित्रै चर्को आलोचना भईरहेको छ ।

घोडामा सवार अमेरिकी सुरक्षाकर्मीले आप्रवासीहरूको पिछा गर्दै अमानवीय रुपमा लखेटेको भिडियो र तस्बिरहरू सार्वजनिक भएका छन् । वरिष्‍ठ कूटनीतिज्ञ डानियल फुटले भूकम्प र राजनीतिक अस्थिरताका कारण देश छाडेका हाइटीका आप्रवासीलाई पुनः हाइटी फर्काउने निर्णयलाई ’अमानवीय’ भन्दै पत्र समेत लेखेका छन् । गत साताबाट अमेरिकाले सीमावर्ती टेक्सस राज्यबाट आप्रवासीहरूलाई घर फर्काउने अभियान सुरु गरेको थियो ।

त्यस क्रममा १४ सयभन्दा बढी शरणार्थीलाइ हेइटी फिर्ता गरिसकेको छ । आप्रवासीहरुमाथि भएको ब्यवहारका कारण बाइडेन प्रशासनको चर्को आलोचना भईरहेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...