पर्यटकको लागि अनअराइभल भिसा खल्यो, अब क्वारेन्टाइन बस्नु नपर्ने

Tourist 7 paryatak

काठमाडौँ  । सरकारले नेपालमा घुमफिर गर्न आउने विदेशी पर्यटकका लागि आवागमन सहज बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भ्रमणमा आउने पर्यटकलाई अनअराइभल भिसा खुला गरेको हो ।

कोभिड–१९ महामारी फैलिन नदिन सरकारले ०७६ फागुनदेखि पर्यटकलाई अनअराइभल भिसा रोकेको थियो । सरकारको पछिल्लो निर्णयसँगै नेपालले अनअराइभल भिसा खुला गरेका देशका नागरिकलाई नेपाल भ्रमण सहज हुने भएको छ ।

सरकारले कोभिडविरुद्धको डबल डोज भ्याक्सिनको मात्रा पूरा गरेका पर्यटकलाई क्वारेन्टिन पनि बस्नु नपर्ने निर्णय गरेको छ । तर, भ्याक्सिन नलगाएका पर्यटक भने अनिवार्य तोकिएको ठाउँमा क्वारेन्टिन बस्नुपर्ने हुन्छ ।

नेपाल प्रवेश गर्नका लागि पर्यटकले कोरोना परीक्षण गरेको ७२ घन्टाभित्रको रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने हुन्छ । सरकारी निकट एक स्रोतका अनुसार यदि विदेशी पर्यटकहरुले खोप नलगाएको भए  ७२ घण्टे पीसीआर रिपोर्ट नेगेटिभलाई आधार मानेर पनि अनअराइभल भिसा दिने प्रावधान बनेको छ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या विस्तारै कम हुँदै गएपछि सरकारले पर्यटन व्यवसायीहरुलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो।

   

प्रतिकृया दिनुहोस