क्यानडाका प्रधानमन्त्रीमाथि चुनावी अभियानको क्रममा ढुंगा प्रहार  

Unnamed

काठमाडौँ । चुनावी अभियानका क्रममा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोमाथि ढुंगा प्रहार भएको छ । उनलाई प्रदर्शनकारीले प्रहार गरेको गिट्टी (ढुंगा) ले लागेको हो ।

ब्रूअरीको भ्रमण गरेर आफ्ना बसमा फर्किने क्रममा ट्रूडोमाथि ढुंगा प्रहार भएको हो । सानो गिट्टीले लागेका कारण ट्रूडोलाई चोट भने लागेको छैन ।

ट्रूडोले गएको अगस्ट मध्यमा चुनावको घोषणा गरेका थिए । वामपन्थी लिबरल पार्टीको बहुमतको अपेक्षा सो चुनावबाट गरिएको छ ।

तर उनको चुनावी अभियानले अवरोधको सामना गर्नु परेको छ । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने बाध्यकारी नियम तथा अरु प्रतिबन्धका कारण उनको आलोचना हुँदै आएको हो ।

गत हप्ता आक्रोशित प्रदर्शनकारीले चुनावी सभा हुने स्थलमा एम्बुस पड्काएपछि ट्रूडोले कार्यक्रम नै रद्द गर्नु परेको थियो ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...