अमेरिकामा आँधी र वर्षाको कारण १९ महिने बालकसहित एकै परीवारका ३ नेपालीको मृत्यु  

155576000727 523971475851987

काठमाडौं । अमेरिकामा आएको आँधी र वर्षाका कारण एकै परीवारका ३ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा आएको ‘आइडा’ नामक आँधीमा परेर उनीहरुको ज्यान गएको युनाइटेड शेर्पा एशोसिएसन यूएसले जनाएको छ ।

मृत्यु हुनेहरुमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशी घर भइ हाल न्यूयोर्कमा बस्दै आएका आङ गेलु लामा उनकी श्रीमती मिङमार शेर्पा र उनीहरुको १९ महिनाको छोरा लोप्साङ लामाको मृत्यु भएको हो ।

पछिल्लो केही दिनयता अमेरिकाको विभिन्न राज्यहरुमा भारी वर्षासँगै आँधीका कारण ठूलो मात्रमा धनजनको क्षति पुगेको छ । आँधी र वर्षाका कारण मत्रै त्यहाँ ६८ को मृत्यु भइसकेको छ 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...