यी राष्ट्रपति, जसले हरेक डेढ घण्टामा पत्नीलाई फोन गर्छन्

Macron on stage

काठमाडौं । आजभोलि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन आफ्नो जीवनीका बारेमा चर्चामा आएका छन् । उनको बायोग्राफीमा उनीकी पत्नीसँग असाध्यै प्रेम भएको र उनीहरुका बीचको सम्बन्धलाई लिएर धेरै रहस्यहरु बाहिर आएका छन् । राष्ट्रपति म्याक्रोनको यो जीवनी फ्रान्सका पत्रकार तथा उनका नजिकका साथी गेल त्चाकालोफले लेखेका हुन् ।

४९ वर्षका ती पत्रकारको सन् २०१६ देखि राष्ट्रपतिसँग मित्रता रहेको छ । पत्रकारले राष्ट्रपतिको जीवनी ‘एज लङ्ग एज वी आर टुगेदर’ लेख्नुभन्दा पहिले डेढ वर्षसम्म उनको बारेमा अनुसन्धान गरेका थिए । उनको यो बायोग्राफी गएको हप्ता फ्रान्समा प्रकाशित भएको थियो । अहिले यसले निकै चर्चा बटुलेको छ ।

पत्रकार गेलले पुस्तकमा राष्ट्रपतिको प्रेम कहानीलाई उनकी पत्नीले धेरै नै रुची राखेकी छन् । राष्ट्रपति म्याक्रोनको निजी जीवनका बारेमा खुलासा गरिएको यो पुस्तकमा उनी आफ्नी पत्नीलाई हरेक डेढ घण्टामा फोन गर्ने गर्छन् भन्ने रहस्य पनि खोलिएको छ ।

यति मात्र नभई उक्त पुस्तकमा फ्रान्सकी प्रथम महिलाले आफैं आफ्ना पतिको सफलताका लागि समर्पित भएको बताएकी छन् । किताबमा राष्ट्रपति म्याक्रोनका कलेजका दिनहरुका रहस्यहरु पनि चाखलाग्दो ढंगले लेखिएको बताइएको छ ।

उनका सुरुका दिनहरुमा राष्ट्रपतिकी प्रेमिका र वर्तमान पत्नीका कतिपय यादगार क्षणहरुले पुस्तक सजिएको छ । किताबमा राष्ट्रपति म्याक्रोन र उनकी पत्नीको साझा कार्यक्रम भएपनि उनी मिनेटै पिछ्छे आफ्ना गतिविधीबारे एकअर्कालाई सेयर गर्ने गर्छन् भन्ने उल्लेख छ ।

प्रतिकृया दिनुहोस