अमेरिकी सेनाले छाड्यो अफगानिस्तान, २० वर्षे युद्धको अन्त्य

तालिबानले मेसिनगन पड्काएर मनायो खुसियाली

Us military

काठमाडौं । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अफगानिस्तानमा तैनाथ भएको अमेरिकी फौज झण्डै २० वर्षपछि पूर्णरूपमा स्वदेश फर्किएको छ ।

अन्तिम अमेरिकी सैन्य विमानले काबुल विमानस्थल छाडेसँगै रक्षा मन्त्रालय, पेन्टागनले अफगानिस्तानमा अमेरिकाको २० वर्षे युद्ध आधिकारिक रुपमा अन्त्य भएको घोषणा गरेको छ ।

अमेरिकी सेनाले काबुल छोडेसँगै तालिवानी लडाकुले विमानस्थलभित्र प्रवेश गरेर जितको खुसियाली मनाएका छन् । अमेरिकाको अन्तिम उद्धार उडानअन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी–सेभेन्टीन विमान उडेलगत्तै तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर र मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएको बीबीसीले जनाएको छ ।

अफगानिस्तानमा सत्ता कब्जामा लिएको तालिवानले देश छोड्न अमेरिकालाई ३१ अगस्ट अर्थात आजसम्मको समय दिएको थियो । अमेरिकी सेनाले समयसीमाको एक दिन अघि नै काबुल छोडेको हो । अमेरिकी सैनिकको अन्तिम विमान सोमबार राति काबुलबाट उडेको थियो । यो विमान उडेसँगै अफगानिस्तानमा दुई दशक लामो अमेरिकी सैन्य उपस्थिति अन्त्य भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा सैन्य अभियान अन्त्य भएको घोषणा गरेका छन् । उनले वक्तव्य जारी गर्दै तालिवानले काबुल नियन्त्रणमा लिएपछिको १७ दिन अमेरिकी सेनाले अमेरिकी इतिहासकै सबैभन्दा जोखिम अभियानलाई सफलतापूर्वक सम्पन्न गरेको बताए ।

युएस सेन्ट्रल कमाण्डका कमाण्डर जनरल केनेथ मेकेन्जीले पछिल्लो १७ दिनमा अमेरिकाले ६ हजार अमेरिकी नागरिकसहित काबुलबाट ७९ हजार मानिसको उद्धार गरेको बताएका छन् ।

अमेरिकाले ११ सेप्टेम्बर २००१ मा अफगानिस्तानमा तालिवानविरुद्ध सैन्य अभियान सुरु गरेको थियो । 

अमेरिकी फौज फिर्ता हुन थालेदेखि नै तालिबान समूहले अफगानिस्तान कब्जा अभियानलाई तीव्र पारेको थियो । तालिबान लडाकुहरु राजधानी काबुल प्रवेश गरेलगत्तै त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका थिए । त्यसपछि सुरु भएको उद्धार उडानको क्रममा अमेरिकाले १ लाख २३ हजार अफगान नागरिकलाई उद्धार गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...