जब यसरी उडिरहेको विमानबाट मानिस खसे...

Afgani bimansthal

काठमाडौं । अफगानिस्तान तालिबानको कब्जामा पुगेपछि देश छाड्नका लागि मानिसहरु आफ्नो ज्यानै जोखिममा राख्न थालेका छन् । सोमबार आकाशमा उडिरहेको विमानबाट खसेर ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सैन्य जहाजको चक्कामा लुकेर यात्रा गर्न खोज्ने तीनजना विमान उडिरहेको बेला खसेको बताइएको छ ।

याे अफगानिस्तानकाे राजधानी काबुलकाे विमानस्थलकाे दृश्य हाे । जहाँ मानिसहरू ज्यान बचाउनका लागि उडान भर्न तयार विमानमा झुन्डिइरहेका छन् ।

यस भिडिओमा अमेरिकि वायु सेनाकाे सी–१७ए विमान देखिइरहेकाे छ । र रनवेमा विमानसँगै दाैडिरहेका अफगान नागरिक देखिइरहेका छन् ।

यीमध्ये की यही विमानमा झुन्डिरहे र विमानले उडान भर्‍याे । पछि केही व्यक्ति यही विमानबाट तल खसेकाे पनि देखियाे । साेमवार काबुल विमानस्थलमा भागदाैडकाे अवस्था देखियाे ।

मानिसहरू विमानमा चढ्न सिँढीमा झुन्डिएकाे देखियाे । पछि विमानस्थलमा व्यावसायिक उडान बन्द गरियाे । विमानस्थलमा गाेली पनि चलेकाे थियाे, घटनामा केही व्यक्तिकाे ज्यान गएकाे खबर पनि आइरहेकाे छ ।

 विमान आकाशमा उडेपछि उनी एक–एक गरेर खसेको बताइएको छ । केही व्यक्तिको शव स्थानीयको घरको छतमा खसेको तस्बिर स्थानीयले सामाजिक सञ्जालमा सेयर गरेका छन् । यद्यपि, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै काबुल विमानस्थलमा ठूलो भीड देखिएको छ । हाल विमानस्थल अमेरिकी सैनिकको नियन्त्रणमा रहेको छ । रोयटर्सका अनुसार विमानस्थलमा भएको गोलीबारीमा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा भुइँमा शवहरू देख्न सकिन्छ ।

 

प्रतिकृया दिनुहोस