काबुल तालिवानको कब्जामा : अन्ततः देश छोडे अफगानिस्तानका राष्ट्रपति असरफ घानीले

Taliban sena

काठमाडौं । विद्रोही संगठन तालिवानले धम्की दिएपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन् ।

अफगानिस्तानको एकपछि अर्को सहर कब्जामा लिएको चरमपन्थी विद्रोही संगठन तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेका छन् । यससँगै राष्ट्रपति असर्फ घानीले देश छाडेका छन् ।

तालिबानसामु काबुल तीन महिना पनि नटिक्ने अमेरिकी गुप्तचर एजेन्सीको रिपोर्ट एक साता पहिला मात्र सार्वजनिक भएको थियो । तर, त्यसको केही दिनमै तालिबान लडाकु काबुल प्रवेश गरेका छन् ।

तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो । सरकारको तर्फबाट तालिबानसँग वार्ताका लागि जिम्मेवार निकायका प्रमुख डा। अब्दुल्लाह अब्दुल्लाहले गनीले देश छाडेको पुष्टि गरेका छन् ।

तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो । सरकारको तर्फबाट तालिबानसँग वार्ताका लागि जिम्मेवार निकायका प्रमुख डा। अब्दुल्लाह अब्दुल्लाहले गनीले देश छाडेको पुष्टि गरेका छन् । अफगान उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ ।

तालिबानले राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिएको विवरणहरू सार्वजनिक भएका छन् । दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबानको नियन्त्रणमा पुगेको अवस्थामा गनी राजीनामा दिनुपर्ने दबावमा थिए ।

यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो । यसअघि तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन लडाकुहरूलाई निर्देशन दिएको थियो ।

आइतवार अपराह्ण अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको थियो । केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइराखेका छन् ।

तालिबान काबुल आइपुगेपछि आइतवार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेको देखिएको थियो । काबुलस्थित विमानस्थलमा गोली चलेको आवाज सुनिएको अमेरिकी दूतावासले जारी गरेको सुरक्षा सम्बन्धी पछिल्लो सन्देशमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...