काबुलमा तालिबान छिर्न लागेसँगै अमेरिकाले दूतावास खाली गर्‍यो, विमानस्थलबाट सेवा   

Us embassy in kabul

एजेन्सी । तालिबानले राजधानी काबुल नियन्त्रणमा लिने तयारी भइरहँदा अमेरिकाले त्यहाँ रहेका आफ्ना कर्मचारीहरु फिर्ता लैजान थालेको छ। काबुलस्थित अमेरिकी दूतावासमा रहेका कर्मचारीको उद्धारका लागि अमेरिकी हेलिकप्टर पुगेका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार तालिबानले काबुलको बाहिरी भाग नियन्त्रणमा लिएर अगाडि बढिरहेका छन्। अमेरिका नेतृत्वको नेटो सेना अफगानिस्तानबाट फर्किएसँगै तालिबानले अफगानिस्तानका मुख्य शहरहरु नियन्त्रणमा लिइरहेको छ।

अमेरिकी अधिकारीका अनुसार काबुल अन्तर्राष्ट्रिय एयरपोर्टबाट दूतावासले सीमित कर्मचारी मात्र राखेर सेवा दिन सुरु गरेको छ। तालिबानले सुरक्षित स्थानान्तरण नहुँदासम्म आफ्ना लडाकुहरुलाई काबुलकै प्रवेशद्वारमा रहन निर्देशन दिएको जनाउँदै सुरक्षा खतराको जिम्मेवार अफगान सरकार हुने चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...