पछिल्लो २४ घण्टामा थप ३,६११ जनामा कोरोना पुष्टि, १,८१६ जना संक्रमणमुक्त     

Coronav660

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ७८३ पीसीआर गर्दा २,४६७ र ४ हजार ८७८ एन्टीजेन परीक्षण गर्दा १,१४४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस अवधिमा १ हजार ८१६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले २७ जनाको निधन भएको छ ।

शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । तीमध्ये ९ हजार ८३४ जनाको मृत्यु भएको छ भने ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् । जसमध्ये २७ हजार ८२० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८६जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिकृया दिनुहोस