उकालो लाग्यो कोरोना ग्राफ : एकै दिनमा ३,११४ जना थपिए कोरोना संक्रमित, १६ जनाको मृत्यु

Covid 19 nishannews

काठमाडौं । नेपालमा एकै दिन थपिए ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ९१० जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ३ हजार ११४ जना संक्रमित थपिएका हुन् ।

हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार यो अवधिमा थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ४१ हजार ५६५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४।५ प्रतिशत रहेको छ ।

कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६९५ रहेको छ । नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतिशत रहेको सरकारी तथ्यांक छ ।

 

प्रतिकृया दिनुहोस