शनिबार थपिए १८७५ कोरोना संक्रमित थपिए, थप २१ को मृत्यु

Corona test

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १८ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यहि अवधिमा २१ सय बढी संक्रमणमुक्त भएका छन् ।

देशभर गरिएको ६ हजार ८ सय ५८ पीसीआर परिक्षणका क्रममा १ हजार ३ सय १० र ३ हजार २ सय ८ एन्टीजेन परिक्षणका क्रममा ५६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १४ हजार २४८ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ५ सय २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप २ हजार १ सय ६४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३० हजार ४०७ संक्रमित निको भएका छन् । हाल २५ हजार ९५२ सक्रिय संक्रमित आइशोलेशन र ३३७ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३४ लाख ६३ हजार ५७ वटा पिसिआर र २ लाख ५९ हजार ८३१ एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मन्दिरमा पुजा गर्दा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

Tekendra sunar

बाजुरा । नेपालको संविधानले कुुनै जात वा वर्गमाथि विभेद गरेको छेन । तर, बाजुरामा पुजा गर्न बसेका द...