अफगानको मुठभेडमा भारतीय पत्रकार दानिश मारिए  

Capture56323

एजेन्सी । अफगानिस्तानमा पाकिस्तानसँग जोडिएको सीमामा भारतका वरिष्ठ फोटो पत्रकार दानिश सिद्दीकीको मृत्यु भएको छ । अफगान सुरक्षा बल र तालिबान लडाकूबीचको संघर्षमा दानिशको मृत्यु भएको बीबीसीले जनाएको छ ।

दानिश समाचार एजेन्सी रोयटर्सका पत्रकार थिए । रोयटर्सले उनको मृत्युको पुष्टि गर्दै संघर्षका बेला एक वरिष्ठ अफगान अधिकारीको पनि मृत्यु भएको जानकारी दिएको छ ।

एक अफगान कमान्डरले रोयटर्ससँगको कुराकानीमा अफगानिस्तानको विशेष सुरक्षाबलले स्पिन बोल्डक शहरको मुख्य बजारलाई पुनः आफ्नो नियन्त्रणमा लिने कोसिस गरिरहेका बेला तालिबानसँग मुठभेडमा दानिश र अफगान अधिकारी मारिएको बताए ।

रोयटर्सका अनुसार दानिश यहि हप्तादेखि अफगानिस्तानको विशेष बलसहित कंधार प्रान्तमा तैनाथ थिए जहाँबाट उनी अफगान कमान्डो र तालिबान लडाकूबीच संघर्षको जानकारी पठाइरहेका थिए ।

रोयटर्सका प्रमुख माइकल फ्रिडेनबर्ग र मुख्य सम्पादक अलेस्सान्द्रा गैलोनीले एक बयानमा आफूहरुले यसबारे जानकारी जुटाइरहेको र क्षेत्रमा अधिकारीको सम्पर्कमा भएको बताए ।

यसअघि भारतमा अफगानिस्तानका राजदूत फरिद मामुन्दजईले दानिश सिद्दीकी मारिएको खबर पुष्टि गरेका थिए ।

प्रतिकृया दिनुहोस