राष्ट्रपतिको हत्यापछि हाइटीले मद्दत माग्दा सहयोग गर्न इन्कार गर्‍यो अमेरिकाले

Haiti president jovenel

एजेन्सी । अमेरिकाले हाइटीलाई सैन्य सहायता प्रदान गर्न अस्वीकार गरेको छ। राष्ट्रपति जोभेनल मोइजको हत्यापछि हाइटी सरकारले देशका महत्वपूर्ण पूर्वाधार रक्षा गर्नको लागि भन्दै अमेरिकासँग सैन्य सहायता मागेको थियो।

यसको जवाफमा अमेरिकाले राष्ट्रपतिको हत्याको विषयमा हाइटीको मद्दत गर्नसक्ने बताए पनि सैन्य सहायता भने प्रदान गर्न नसक्ने बताएको हो। शुक्रबार मात्र हाइटीका प्रहरीले राष्ट्रपति मोइजको हत्या विदेशी आक्रमणकारीबाट भएको बताउँदै ती आक्रमणकारी विशेषगरी कोलम्बियाका पूर्व सेना रहेको बताएका थिए।

प्रहरी प्रमुख लियोन चार्ल्सका अनुसार राष्ट्रपतिको हत्यामा २६ कोलम्बियाका नागरिक र हेइटी मूलका दुई अमेरिकी आक्रमणकारी सामिल थिए।

हालसम्म ८ संदिग्भ अझै फरार रहेको बताइएको छ, दुई अमेरिकीसहित १७ लाई भने प्रहरीले गिरफ्तार गरिसकेको छ। बाँकीको भने प्रहरीको मुठभेडमा मृत्यु भएको छ।

कोलम्बियाको सरकारले यो आक्रमणको घटनामा ६ आफ्ना पूर्व सेना संलग्न भएको पुष्टि गर्दै अनुसन्धानमा सक्दो सहयोग गर्ने हाइटीलाई बताएको छ।

गत बुधबार बिहानै राष्ट्रपति मोइजलाई उनको निजी निवासमै घुसेर गोली हानी हत्या गरिएको थियो। बीबीसी
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...