फेरि ७७ जिल्लामै तीव्र रुपमा फैलिन थाल्यो कोरोना संक्रमण

Corona vires 1

काठमाडौं । कोरोना भाइरस संक्रमणको गति पुनः बढ्न थालेको छ । बुधबार ११ हजार ८९८ नमुना परीक्षण गर्दा २ हजार ९७९ जनामा संक्रमण देखिएको हो । हालको संक्रमणदर २६ प्रतिशतभन्दा माथि गएको छ ।

केही सातासम्म २० प्रतिशतमा कममा गएको संक्रमणदर अहिले विस्तारैै बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोनाका २३ हजार ७५६ सक्रिय संक्रमित भएका छन् ।

अहिले सबै जिल्लामा सक्रिय संक्रमित छन् । ‘धेरै ठाउँमा निशेषज्ञा खुकुलो भएको छ। हामीले बिर्सन हुन्, अझै पनि जोखिम कायम नै छ,’ मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल भन्छन्, ‘केही दिनयता संक्रमण झन–झन बढ्दै गएको छ ।’

नेपालमा ‘डेल्टा प्लस भेरियन्ट’ फैलिएसँगै संक्रमणको दर पनि बढ्दै गएको विज्ञले बताएका छन् । ‘अझै पनि दैनिक कोरोना परीक्षण कम भइरहेको छ । सरकारी स्वास्थ्य संस्थामा लक्षण भएकाको निशुल्क परीक्षण हुन्छ। संक्रमण हुन बच्नका लागि अनिवार्य परीक्षण गर्नुहोस्,’ डा. पौडेलले भने ।’

कहाँ–कति सक्रिय संक्रमित ?
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ५ सयभन्दा बढि सक्रिय संक्रमित हुने ९ जिल्ला छन् । जसमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा सक्रिय संक्रमित छन् । तीमध्ये काठमाडौंमा मात्रै ५ हजार ४८७ छन्। भक्तपुरमा १ हजार २३ र ललितपुरमा १ हजार ४ सय ९६ सक्रिय संक्रमित छन् ।

त्यसैगरी, मोरङ, सुनसरी, झापा, ललितपुर, चितवन, मकवानपुर र कास्कीमा ५सयभन्दा बढी सक्रिय संक्रमित छन् । मन्त्रालयको अनुसार २३ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या २ सयभन्दा माथि छन् ।

जसमध्ये धनुषा, बारा, सप्तरी, पर्सा, काभ्रे, नुवकोट, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, बागलुङ छन् । त्यसैगरी, म्याग्दी, लमजुङ, तनँहु, नवलपरासी पूर्व, रूपन्देही, बर्दिया, पाल्पा, दाङ, बाँके, नवलपरासी (पश्चिम), सुर्खेत, कैलाली र कञ्चनपुरमा २ सयभन्दा बढी संक्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...