चीनमा चर्चित राइड शेयरिङ एप ‘दिदि’ माथि प्रतिबन्ध

Didi

काठमाडौं । चीनमा राइड शेयिरङ कम्पनी ‘दिदि’ माथि प्रतिबन्ध लगाइएको छ । प्रयोगकर्ताको संवेदनशील डेटा संकलन गरेको भन्दै त्यहाँको नियामक निकाय साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना (सीएसी) यो एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

चीनको डेटा संरक्षण नीति उल्लंघन गरेको ठहर गर्दै दिदिको ग्लोबल एपमाथि प्रतिबन्ध लगाइएको सीएसीले जनाएको छ । उसले स्मार्टफोनका एप स्टोरहरूलाई चीनमा यो एप उपलब्ध नगराउन आदेशसमेत दिएको छ ।

सन् २०१२ मा चीनमा स्थापना भएको ‘दिदि’ अहिले विश्वका धेरै देशमा सेवा दिइरहेको छ । चीनमा मात्रै ‘दिदि’ का ३७ करोडभन्दा धेरै प्रयोगकर्ता छन् ।

यो प्रतिबन्धसँगै अब दिदिले अब नयाँ प्रयोगकर्ता पाउने छैन । तर एप प्रयोग गरिरहेका ग्राहक र ड्राइभर भने याे घटनाबाट प्रभावित नहुने बताइएको छ ।

गत जुलाई १ मा अमेरिकाको स्टक मार्केटमा प्रवेश गरेलगत्तै चिनियाँ नियामकले डेटा संकलन गरेको भन्दै दिदिमाथि प्रतिबन्ध लगाउने घाेषणा गरेकाे हाे ।

अमेरिका र चीनबीच तनाव सिर्जना भइरहेका बेला दिदि अमेरिकी बजारमा सूचीकृत भएको थियो । लगत्तै चीनले प्रतिबन्ध लगाउने घोषणा गर्नुलाई साइबर सुरक्षासँग जोडिएर हेरिएको छ । -एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...