जब १६० किलोमिटर स्पिडमा कुदिरहेको ट्रेनमा चालकले क्याबिन छोडे...

Japan train

काठमाडौं । जापानी बुलेट ट्रेनको स्पिड विश्वभरी चर्चित छ । तेज रफ्तार, समय पालना र कुशल प्रबन्धनका कारण यी जापानी ट्रेन चर्चामा रहने गरेका छन् । तर हालैमा यहि बुलेट ट्रेनको एक खबर भने भाइरल बनेको छ ।

१६ मे २०२१ एक बुलेट ट्रेनका चालक आफ्नो क्याबिन छाडेर निस्किए । १६० किलोमिटर प्रतिघण्टाको स्पिडमा कुदिरहेको ट्रेनमा सयौं यात्रि सवार थिए । तर चालक केबिन छाडेर निस्किए । जसका कारण यात्रुको जीवन जोखिममा परेको थियो ।

यसरी चालकले क्याबिन छाडेर शौचालय गएका थिए । ३६ वर्षीय चालक हिकारी बुलेट ट्रेन नम्बर ६३३ को ककपिटबाट करीब तीन मिनेटसम्म बाहिर थिए । उनले कण्डक्टरलाई ट्रेनको जिम्मेदारी सुम्पिएर बाहिरीए । तर कण्डक्टरसंग ट्रेन चलाउने लाइसेन्स थिएन ।

बुलेट ट्रेनको यो घटना उजागर भएपछि चालकले माफी मागेका थिए । उनले लामो समयदेखि दिशा लागेको यसलाई नियन्त्रण गर्दा पेट दुखेपछि सहन नसकेपछि बाध्य भएर शौचालय गएको जवाफ दिएका थिए । उनी यसरी शौचालय जादाँ एक स्टेशनमा ट्रेन रोकिएको थिएन । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...