चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्ष पूरा, भव्य कार्यक्रम आयोजना गरिँदै

China comnist party

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले आजबाट सय वर्ष पूरा गरेको छ । सत्तारूढ पार्टीले सय वर्ष पार गरेको उपलक्ष्यमा बिहीबार बिहान चीनको राजधानी बेइजिङस्थित तियामेन स्क्वायरमा भव्य कार्यक्रम आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले चीनलाई होच्याउने युगको सधैँका लागि अन्त्य भइसकेको बताएका छन् ।

‘चिनियाँहरू पुराना कुराहरूलाई ध्वस्त पार्न मात्र होइन नयाँ संसार बनाउन पनि सिपालु छन्,’ सीले भने,‘समाजवादले मात्र चीनलाई जोगाउन सक्छ ।’

सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो बैठक सांघाईमा भएको थियो । उक्त बैठक ठ्याक्कै कहिले भएको थियो भन्ने एकिन छैन । पछि माओ त्से तुङले जुलाई १ मा उक्त बैठक भएको बताएका थिए । सोही आधारमा जुलाई १ लाई चिनियाँ कम्युनिष्ट पार्टी स्थापना दिवसको रूपमा मनाइन्छ ।

सशस्त्र युद्ध गरेको चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ मा राजधानी बेइजिङमा जित हासिल गरेको थियो । सोही वर्ष अक्टोबर १ मा माओले चीनलाई जनवादी गणतन्त्र घोषणा गरेका थिए ।

त्यसयता चिनियाँ कम्युनिष्ट पार्टी लगातार सत्तामा छ । तमाम उतार–चढावका बीच पछिल्लो समय चीन शक्ति राष्ट्रका रूपमा उदाएको छ । संसारकै सबैभन्दा बढी जनसंख्या भएको चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीमा ९ करोड ५२ लाख पार्टी सदस्य छन् । त्यो भनेको चीनको जनसंख्याको ६.७ प्रतिशत हो । सुरूमा किसान र मजदुरको पार्टीका रूपमा स्थापित भएको पार्टीमा सन् १९८२ देखि विश्वविद्यालयका विद्यार्थी र सन् २००२ देखि निजी उद्यमीलाई पनि सदस्यता दिन थालिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीमा महिलाको सदस्यता संख्या २८.८ प्रतिशतमात्र छ भने पार्टीका सबै शीर्ष सात नेता पुरुष छन् । चिनियाँ कम्युनिष्ट पार्टी संसारकै दोस्रो ठूलो राजनीतिक पार्टी हो । सदस्यका हिसाब सबैभन्दा ठूलो राजनीतिक दल भारतीय जनता पार्टी हो । उसका १८ करोड पार्टी सदस्य छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...