फेरि बढ्न थाल्यो कोरोना संक्रमण, २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि

Coronavirus testing

काठमाडौं । केही दिनयता क्रमसः घट्दै गएको कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो समय देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि मंगलबार २६३६ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार ११ हजार ७४८ जनाको परीक्षण भएको थियो । आज भने मंगलबारको भन्दा केही कम अर्थात ११ हजार ५६८ जनामा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ भने ३ हजार ५९७ जना कोरोनामुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ भने मृतकको संख्या ९ हजार ११२ पुगेको छ ।

प्रतिकृया दिनुहोस