काठमाडौँ उपत्यकामा आज फेरि बढ्यो कोरोना संक्रमण, थप ५१४ संक्रमित

Ktm velly

काठमाडौँ । आइतबारको तुलनामा फेरि आज काठमाडौँ उपत्यकामा सोमबार कोरोना संक्रमण बढेको छ । आइतबार ४२४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सोमबार थप ५१४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३५५, ललितपुरका ११२ तथा भक्तपुरका ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४२ जना संक्रमितको मृत्यु भएको छ । सोमबार ३ हजार ८ सय ५३ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । देशभर हालसम्म ३७ हजार ९५० सक्रिय संक्रमित रहेका छन् ।

आइतबार जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...