युवतीलाई चुम्बन गर्ने वेलायतका स्वास्थ्य मन्त्रीले दिए राजीनामा

Matt hancock

काठमाडौं । बेलायतका स्वास्थ्य मन्त्री मेट हेनककले सार्वजनिक स्थानमा आफ्नी महिला सहयोगीलाई चुम्बन गर्नुको मूल्य अहिले निकै महंगो गरी चुकाउनु परेको छ । मानिसहरुले उनीमाथि सामाजिक दूरीको नियम उलङ्घन गरेको आरोप लगाउँदै राजीनामाको माग गरेका थिए । त्यसपछि हेनककले आइतवार नै राजीनामा दिएका छन् ।

मन्त्री हेनककले राजीनामा प्रधानमन्त्री बोरिस जनसनलाई पठाएका थिए । उनले आफ्नो राजीनामापत्रमा महामारीमा आम मानिसहरुले जति ज्यान गुमाए, त्यो देखेर उनीहरुप्रति गलत व्यवहार देखाउँछौं भने त हामी इमान्दार हुनु हाम्रो जिम्मेवारी हो भनेका थिए ।

बेलायतको समाचारमूलक अनलाइन ‘द सन’ का अनुसार ४२ वर्षका हेनककको विवाहको १५ वर्ष भएको छ । उनकी पत्नी मार्था र उनका तीन बच्चा पनि छन् । उनीसँग जसको अफेयर भएको हो उनी पनि विवाहित नै हुन् । रिपोर्टका अनुसार बितेका दिनहरुमा दुबैको भेट अक्सफोर्ड युनिभर्सिटीमा भएको थियो ।

मन्त्रीले उनकी प्रेमिका जीना कोलाडन्गेलोलाई आफ्नै मन्त्रालयमा काम दिलाएका थिए । जीनाले पनि राजीनामा दिएकी छन् । विपक्षी पार्टीहरुले प्रेमिकालाई जागिर आफ्नै मन्त्रालयमा दिलाएको भन्दै मन्त्रीको विरोध गरेका थिए ।

१५ हजार वार्षिक तलबमा उनलाई नियुक्ति गरिएको विपक्षीको आरोप छ । रिपोर्टका अनुसार जीनाले एक वर्षमा मात्र १५ देखि २० दिन मात्र काम गर्ने गर्थिन् ।

मन्त्री हेनकक र प्रेमिका जीनाको एकअर्कालाई चुम्बन गरेको फोटोमा देखिएको थियो । यो फोटो भाइरल भएपछि मन्त्री हेनकक विरुद्ध सामाजिक सञ्जालमा मानिसहरुले रोष प्रकट गर्दै राजनीनामा मागेका थिए ।

हेनककले पहिले त राजीनामा दिन इन्कार गर्दै आफूले गरेको कार्यप्रति माफी मागेका थिए तर पछि उनले राजीनामा दिनु परेको थियो । उनका शुभेच्छुकहरुले भने मन्त्री हेनककको बचाउ गर्दै उनको निजी कुरो भएको बताएका छन् । उनीहरुले यसमा मन्त्री पदको कुनै सम्बन्ध नरहेको बताएका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस