थप १९२० जनामा कोरोना पुष्टि, उपत्यकाभित्र मात्रै ४२४ जना संक्रमित

Corona test

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार जनाको पीसीआर परीक्षणबाट १ हजार ३५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी जम्मा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३४ जनाको मृत्यु भएको छ । सोसँगै आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

संक्रमितमध्ये काठमाडौं उपत्यकमा ४२४ जना रहेका छन् । जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...