कोरोनाबाट नेपालको मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो, आज ३४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३४ जनाको मृत्यु भएको छ । सोसँगै आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिकृया दिनुहोस