एक चुम्बनले गुम्यो बेलायती स्वास्थ्यमन्त्रीको पद, नियम तोडेकोमा माफी माग्दै दिए पदबाट राजीनामा

Belayti mantri

एजेन्सी । कोरोनाविरुद्धको नियम तोड्दै चुम्बन गरेको तस्वीर सार्वजनिक भएपछि बेलायती स्वास्थ्मन्त्रीको पद गएको छ । चौतर्फी दबाब बढेपछि स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका हुन् ।

भौतिक दूरीको नियम तोड्दै ह्यानककले आफ्नी एक सहकर्मीलाई चुम्बन गरेका थिए । ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्वीर द सन पत्रिकाले छापेको थियो ।

प्रधानमन्त्रीलाई एक पत्र लेख्दै ह्यानककले ‘जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने’ उल्लेख गरेका छन् । 

प्रधानमन्त्री बोरिस जोनसनले भने राजीनामा पत्र पाएर आफू ’दुःखी’ भएको उल्लेख गरेका छन् । नयाँ स्वास्थ्यमन्त्रीमा भने पूर्व अर्थमन्त्री शजिद जावेदलाई ल्याइएको छ ।

तीन सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्वीर द सन पत्रिकाले छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो ।

ह्यानककले आफैले बनाएको नियम पालना गर्नु आफूहरुको कर्तव्य भएको भन्दै माफी माग्दै राजीनामा दिएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...