कट्टरपन्थी विचारधाराका इब्राहिम रइसी इरानको राष्ट्रपतिमा निर्वाचित, इजरायलले दियो चेतावनी

Ebrahim raisi9032.0

एजेन्सी । इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले राष्ट्रपतिमा कट्टरपन्थी रुढिवादी नेता इब्राहिम रइसी निर्वाचितलाई लिएर भइरहेका ‘दुष्प्रचार’ लाई इरानको जितको संज्ञा दिएका छन्।

शनिबार सार्वजनिक भएको मतपरिणाम अनुसार कट्टरपन्थी नेता रइसी राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनले आउँदो अगस्टमा शपथ लिने छन्। उनको जितलाई विश्वव्यापी शान्तिमाथिको खतराका रुपमा इजरायलले व्याख्या गरेको छ।

रइसीको कालमा इरानले परमाणु कार्यक्रम थप बिस्तार गर्ने सम्भावना रहेको भन्दै इजरायलले चेतावनी दिएको हो। तर खामेनीले आलोचनाहरुलाई इरानको जितका रुपमा लिनु पर्ने बताएका छन्।

उनले भनेका छन्, ‘१८ जुनमा भएको चुनावको महान विजेता इरान राष्ट्र हो किनकी एकपटक फेरि इरानले विदेशी दुश्मनका मिडियाहरुको दुष्प्रचारमाथि जित हाँसिल गरेको छ।’

इरानमा शुक्रबार चुनाव भएको थियो, त्यसमा शीर्ष न्यायाधीश इब्राहिमले जित हाँसिल गरेका हुन्। चुनाव प्रचारको क्रममा सर्वोच्च नेता खामेनीले उनको खुलेर समर्थन गरेका थिए।

६० वर्षका इब्राहिम शिया धर्म गुरु हुन् र उनीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...