बन्यो १५ मिनेटमै कोठामा बसेर कोरोना संक्रमण पत्ता लगाउने डिभाइस

Covid alarm

काठमाडौं । बेलायती वैज्ञानिकहरुले १५ मिनेटमै कोठामा कोरोना संक्रमण भए नभएको पत्ता लगाउन सक्ने एक डिभाइसको आविस्कार गरेका छन् । उक्त डिभाइसले ठूलो कोठामा कोरोना पत्ता लगाउन ३० मिनेट लगाउने बताइएको छ ।

कोरोना संक्रमितहरुको बारेमा जानकारी दिने यो डिभाइस आउँदा दिनहरुमा विमानका क्याविन, क्लासरुम, केयर सेन्टर, घरहरु र कार्यालयहरुमा स्क्रिनिङ्गका लागि महत्वपूर्ण साबित हुने बताइएको छ । यसको नाम कोभिड अलार्म राखिएको छ । वैज्ञानिकहरुका अनुसार यो डिभाइस स्मोक अलार्म भन्दा अलि सानो छ ।

लण्डन स्कूल अफ आइजिन एण्ड ट्रपिकल ९एलएसएचटीएम० र डरहम युनिभर्सिटीका वैज्ञानिकहरुले गरेको यो अनुसन्धानको शुरुवाती नतिजा दिने खालको भएको बताएका छन् ।

वैज्ञानिकहरुले परीक्षणको सन्दर्भमा उक्त डिभाइसको परिणामलाई ९८–१०० प्रतिशतसम्म मापन गरेका छन् । यो कोरोनाको आरटी–पीसीआर र एन्टीजेन टेस्टको तुलनामा धेरै गुणा चाँडो कोरोना संक्रमितको बारेमा जानकारी दिने उपकरण रहेको छ ।

यो डिटेक्टरले कोरोना भाइरसका संक्रमितलाई खोज्न सक्छ । कुनै पनि लक्षण नभएका संक्रमितमा पनि यस मेसिनले आफ्नो काम प्रभावकारी रुपले गर्दछ । एकपटक यसले कोरोना संक्रमित रहेको जानकारी दिने बित्तिकै उक्त कोठामा रहेका व्यक्तिहरुको व्यक्तिगत रुपमा कोरोना टेस्ट गर्नुपर्ने हुन्छ ।

रिसर्चका अनुसार यो अहिले शुरुवाती नतिजा हो । यसको अध्ययन बारेको रिपोर्ट सार्वजनिक भैसकेको छ । अब यसको बारेमा समिक्षा आउने बताइएको छ ।

रिसर्चमा बताइए अनुसार यस डिभाइसबाट सार्वजनिक स्थानहरुमा भएको संक्रमण पत्ता लगाउने र कोरोनाको अतिरिक्त भविष्यमा केही हप्तामै आउन सक्ने महामारीको पहिचानका लागि पनि सहयोगी सिद्ध हुने ठानिएको छ ।

डरहम युनिभसिर्टीमा बायोसाइन्सका प्रोफेसर स्टीव लिण्ड्सेले हरेक रोगको बेग्लै गन्ध हुने भएकाले संक्रमित र सामान्य मानिसको गन्ध फरक गरिएको र बिरामीहरुको पहिचानको यो प्रविधि रोचक रहेको बताउँछन् ।

उनी डिभाइस करीब ५।१५ लाख रुपैयाँ रहेको बताउँछन र भन्छन्, ‘मानिसको ज्यान नै जाने यसप्रकारको रोगका लागि यो कुनै ठूलो धनराशी होइन ।’

रोबोसाइन्टिफिकको यो डिभाइस छाला र श्वासद्वारा उत्पादित रसाइनहरुको पत्ता लगाएर संक्रमितहरुको पहिचान गर्छ । भाइरस भएको अवस्थामा वाफ भएको कार्बनिक यौगिक (भिओसी) मा बदलाव हुन थाल्छ । यसले शरीरमा गन्ध पैदा हुन्छ र डिभाइसमा रहेको सेन्सरले यसलाई पत्ता लगाउँछ । यो डिभाइस आधिकारिक व्यक्तिको यो जानकारी म्यासेजको माध्यमबाट पठाउँदछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...