मृत भेटिइन् २७ वर्षीय पोर्न स्टार डकोटा

Porn star dakota

लसएञ्जल्स । पोर्न स्टार डकोटा स्काय आफ्नो लसएञ्जल्सस्थित घरमा मृत भेटिएकी छन् । उनी २७ वर्षकी थिइन् ।

केही दिन अघिमात्र उनले जर्ज फ्लोयडको तस्वीर लिएर टपलेस पोज दिएकी थिइन् । जुन तस्वीरलाई लिएर सामाजिक सञ्जालमा आलोचना पनि भएको थियो ।

तस्वीरमा उनी जर्जको तस्वीर अगाडि क्यामराले खिचिरहेको देखिएकी थिइन् । जर्जलाई गत वर्ष अमेरिकामा प्रहरीले हत्या गरेको थियो ।

यो तस्वीरका कारण उनको ज्यान लिने धम्कीसमेत आएको थियो । उनको निधनले सबै आश्चर्यमा परेका छन् । प्रहरीले के कारणले मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ ।

डकोटाको वास्तविक नाम लरेन केय स्कट थियो । डकोटाको पतिले प्रहरीलाई डकोटा मृत भेटिएको खबर गरेका थिए । परिवारका अनुसार उनी आफ्नो निजी जीवनबाट निकै चिन्तित थिइन् । उनी आफूलाई अनलाइन ट्रोल बनाएकोमा चिन्तित थिइन् ।

प्रतिकृया दिनुहोस