म्यानमारमा सुकीविरुद्ध भ्रष्टाचारका मुद्दा थप 

Viber image 2021 06 10 13 35 16

एजेन्सी । म्यानमारकी नेतृ अङ सान सुकीले भ्रष्टाचारका थप अभियोगहरु सामना गर्नुपर्ने भएको छ । सुकी विरुद्ध औपचारिक सुनुवाई सुरु हुन केही दिनमात्रै बाँकी छ । सरकारी सञ्चारमाध्यम ग्लोबल न्यु लाइट अफ म्यानमारका अनुसार द खिन कि फाउन्डेसनमा एन्टी–करप्सन कमिसनले गरेको छानबिनपछि नयाँ अभियोगहरु थपिएको हो ।

आफ्नो पदको दुरुपयोग गरेर भ्रस्टाचार गरेकोमा उनी दोषी पाइएको कमिसनले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । कमिसनले यसअघि यांगुन क्षेत्रका पूर्व मुख्यमन्त्रीसँग ६ लाख डलर र सुन लिएको अभियोग सुकी विरुद्ध लगाएको थियो । त्यस्तै, फाउन्डेसनको अध्यक्ष रहेका बेला सुकीले सम्पत्ति र जग्गा लिजमा दिने क्रममा अनियमितता गरेको अभियोग पनि छ ।

अन्य धेरै अधिकारीहरु पनि जमिनको इजाजत दिने क्रममा दोषी पाइएको प्रतिवेदनमा उल्लेख छ । ती व्यक्तिहरु विरुद्ध मुद्दा अघि बनाइसकिएको प्रतिवेदनले जनाएको छ ।  फेब्रुअरी १ मा सुकी र उनको सरकारका वरिष्ठ सदस्यहरुलाई सेनाले हिरासतमा लिएको थियो ।

यही दिन सेनाप्रमुख मिन अङ ह्लाइङले सत्ता कब्जा गरे । त्यसयता म्यानमारमा महिनौंसम्म प्रदर्शन चर्किएको छ । घटनालाई नियालिरहेको एसिस्टेन्ट एशोसियसन फर पोलिटिकल प्रिजनर्सका अनुसार अहिलेसम्म ८ सय ५० भन्दा धेरै व्यक्तिले भिडन्तमा ज्यान गुमाइसकेका छन् ।

सुकीमाथि यसअघि नै लाइसेन्स बिना वाकटकीहरु राखेको,कोरोना भाइरस नियन्त्रणका लागि लागु गरिएका नियम तोडेको, उपनिवेशकाल देखिको देशको आधिकारीक गोप्य ऐन तोडेको लगायत मुद्दा लागेको छ । सोमबारबाट उनको सुनुवाई हुँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...