पदयात्रा मजदुरलाई सहयोग

Padyatra

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराको आयोजना एवं कर्मा फ्लाइट्स फाउन्डेसन नेपालको साझेदारीमा कोरोना कहरका कारण प्रभावित पदयात्रा मजदुर (पथ प्रदर्शक र सहयोगी) को सहयोगार्थ राहतस्वरूप खाद्यान्न वितरण गरिएको छ ।

पोखरामा रही पदयात्रा क्षेत्रमा क्रियाशील १३० मजदुरलाई चामल, दाल, चना÷केराउ, तेल, नुन, मस्यौरा (सोयाबिन), साबुनलगायतका सामान वितरण गरिएको हो ।

देशका विभिन्न स्थानबाट आएर पोखरामा बालबच्चासहित परिवारको साथमा घरभाडामा बसेका मजदुर विगत एक वर्षदेखि कोरोना कहरका कारण पदयात्रा पर्यटन ठप्प भएसँगै बेरोजगार बनेको र निषेधाज्ञाका कारण अन्य वैकल्पिक रोजगारीसमेत नभएका कारण परेको खाद्यान्न सङ्कटलाई दृष्टिगत गरी सहयोग गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए ।

कोराना कहरका कारण दीर्घकालीनरूपमा पदयात्रा आश्रित मजदुरको समस्या समाधान र पर्यटनको जनशक्तिलाई जोगाउने वातावरण तयार गर्न सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका सरकार क्रियाशील बन्नुपर्ने उनले बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...