सगरमाथा क्षेत्रमा भारी हिमपात, अलपत्र आरोहीको उद्धारमा समस्या

Capture55323

काठमाडौँ । सगरमाथा क्षेत्रमा भारी हिमपात हुँदा आरोहण प्रभावित भएको छ । मंगलबारदेखि मौसममा खराबी भएसँगै बाक्लो हिउँ परेकाले आरोहीहरुको उद्धारमा समेत समस्या भएको हो ।

आरोहणका लागि चौथो आधार शिविरसम्म पुगेका सबै जनाको आरोहण स्थगित गरी दोस्रो शिविरमा ल्याईए पनि त्यहाँबाट आधार शिविरसम्म झार्न समस्या भएको छ ।

अहिले तिन दर्जन आरोहि सहित एक सय जना भन्दा बढी दोस्रो आधार शिविरमा अड्किएको आधार शिविरका सम्पर्क अधिकृत खिमलाल गौतमले जानकारी दिए ।

दोस्रो आधार शिविरमा रहेका सामान तल झार्नका लागि उच्च हिमाली कामदारहरु समेत माथि जान नसकेको उनले बताए । आरोहण सफल गरेर फर्किएका केही आरोहीहरु घाइते भएको र उनीहरुको उद्धारका लागि मौसम प्रतिकुलताकै कारणले हेलिकप्टर समेत पठाउन सकिएको छैन ।

यो सिजनमा हालसम्म दुई सय बढीले आरोहण गरिसकेका छन् । यसैबिच, गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई तत्काल फिर्ता बोलाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...