अफ्रिकी मुलुक कंगोमा ज्वालामुखी विस्फोट

Thumb

एजेन्सी । अफ्रिकी मुलुक कंगोमा ज्यालामुखी विस्फोट भएसँगै त्यहाँका सर्वसाधारण सुरक्षित स्थानतर्फ सरेका छन् । कंगोको मुख्य शहरबाट १० किलोमिटरको दूरीमा विस्फोट भएको ज्वालामुखीका कारण सर्वसाधारण घर छाडेर सुरक्षित स्थानतर्फ लागेको हो ।

नाराग्गो पहाडमा हरेक दिन रातको समयमा ज्वालामुखी विस्फोट हुँदा त्यस वरपरको क्षेत्र असुरक्षित रहेको भन्दै स्थानीय प्रशासनले सर्वसाधारणलाई बस्ती छोड्न आग्रह गरेपछी उनीहरु बस्ती छा्ड्न बाध्य भएका हुन् ।

ज्वालामुखी विस्फोटपछि पग्लिएको लाभा विमानस्थल नजिक पुग्न थालेका छन् । बिस्फोटका कारण हालसम्म मानवीय क्षति भने नभएको त्यहाँको सरकारले जनाएको छ ।

यसअघि सन् २००२ मा विस्फोट भएको ज्वालामुखीका कारण २५० भन्दा बढीको मृत्यु भएको थियो भने करिब एक लाख २० हजार घरबारबिहीन भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...