अमेरिकामा खोप लगाएकाले मास्क लगाउनु नपर्ने

Biden

एजेन्सी । अमेरिकामा पुर्ण खोप लगाएका नागरिकले मास्क लगाउनु नपर्ने प्रावधान लागु गरिएको छ ।

राष्ट्रपति जो बाइडेनले कोरोना महामारीपछि लगाईएको स्वास्थ्य मापदण्डलाई केही खुकुलो पार्दै घर, अफिस जस्ता अधिकांश इन्डोर स्थलहरुमा मास्क लगाउन नपर्ने घोषणा गर्नुभएको हो ।

ह्वाइट हाउसस्थित आफनो ओभल अफिसमा आयोजित समारोहमा विपक्षी रिपब्लीकन सांसदहरुको साथमा आफुले लगाएको मास्क खोल्दै बाईडेनले यस्तो जानकारी गराएका हुन् ।

पछिल्लो निर्णयसँगै अमेरिकामा कोरोना विरुद्धको खोपको प्रभावकारीता बढेको र संक्रमण नियन्त्रणतर्फ गएको देखिएको छ ।

तर अझैपनि बढि भिडभाड हुने अस्पताल, सार्वजनिक यातायात, हवाई जहाज लगायतका स्थलमा भने मास्कलाई अनिवार्य गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...