अफगानिस्तानको एक स्कूल बाहिर बम विस्फोट, ३० जनाको मृत्यु

Afgan

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको एक स्कूलको बाहिर भएको विस्फोटमा कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ । विस्फोटमा परि ज्यान गुमाउनेमा ११ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी धेरै छन् ।

विस्फोटमा परि कम्तिमा ५२ जना घाइते भएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता परिक अरियाननले भने,‘दुःखको कुरा हो कि ३० जनाको मृत्यु भएको छ र ५२ जनालाई अस्पतालमा भर्ना गरिएको छ ।’ विस्फोटमा परि मर्नेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

रोयटर्सका अनुसार विस्फोटमा घाइते धेरैजसो छात्रा रहेका छन्। विस्फोटको कारण खुल्न सकेको छैन । विस्फोट काबुलको पश्चिम दश्त ए बार्चीको एक स्कूलको बाहिर भएको थियो । विस्फोटको समयमा सर्वसाधारण पनि नजिकको बजारमा इलफित्रका लागि सामान किन्न निस्किएका थिए ।

सो क्षेत्रमा शिया हजरा समुदायको बाक्लो उपस्थिति छ र हालैको वर्षमा यो समुदाय इस्लामिक चरपन्थी समूह इस्लामिक स्टेटको निशानामा थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...