विवाहको २७ वर्षपछि बिल गेट्सको सम्बन्धविच्छेद

Bill gates and melinda gates

एजेन्सी । विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको छ । माइक्रोसफ्ट कम्पनीका संस्थापक समेत रहेका बिल गेट्सले विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् ।


उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिएको घोषणा गरेका थिए । उनले लेखेका छन्, “लामो छलफलपछि हामीले हाम्रो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गर्यौँ । २७ वर्षमा आफ्ना तीन सन्तानलाई पालनपोषण गरेर ठूलो बनायौँ । हामीले विश्वभरका मानिसहरुको उत्कृष्ठ कामको लागि फाउन्डेशन पनि बनायौँ । हामी यो मिसनमा आगामी दिनमा पनि एकसाथ रहनेछौँ । तर, पति पत्नीको रुपमा भने एक साथ रहन सक्दैनौँ । त्यसैले नयाँ जिवन सुरु गर्न जादैछौँ ।”

बिल गेट्स र मेलिन्डाको विवाह सन् १९९४ मा भएको थियो । उनीहरुको भेट सन् १९८७ मा भएको थियो ।

प्रतिकृया दिनुहोस