लुम्बिनी प्रदेशमा एकाएक ४५ डिग्रीले गर्मियो राजनीति : अचानक बहुमत गुम्दा विशेष अधिवेशन अन्त्य

Lumbini pradesh

काठमाडौं । देशभरको मौसम चिसिएको बेला लुम्बिनी प्रदेशको राजनीति भने एकाएक ४५ डिग्रीको तापक्रममा तातिएको छ ।

अविश्वासको प्रस्ताव छल्न राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलले आजै आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी गरिरहेका बेला उनलाई ठूलो झड्का लागेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले आइतबार अकस्मात पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशको राजनीति तातेको छ भने एकपछि अर्को गर्दै छिटोछिटो राजनीतिक घटनाक्रम विकसित हुँदै गएको छ ।

अर्काेतर्फ आफ्नो बहुमत नपुग्ने भएपछि पोखरेलले प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गरिदिएका छन् । यसले झन लुम्बिनी प्रदेशको राजनीति थप गर्मिलो बनाइदिएको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका दुई र जनता समाजवादी पार्टी (जसपा) का चार जना पदमुक्त भएकाले ८१ सदस्यीय भएको छ । जसमा पोखरेलको पार्टी नेकपा एमालेका ४१ सांसद छन् ।

एमालेलाई बहुमतका लागि चाहिने संख्या पनि ४१ नै हो । त्यसैले एमालेले एकल बहुमतको सरकार गठनमा दाबी गरेको थियो । तर, अचानक सांसद विमला वली माओवादीमा प्रवेश गरेकी छिन् । ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ ।

दाङबाट प्रदेशसभा ३ (ख) बाट वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।

विपक्षीहरुसँग सभामुखसहित ३९ मत छ । राष्ट्रिय जनमोर्चाका एक सांसदले पनि अविश्वासको प्रस्तावलाई समर्थन गर्दा ४० मत पुग्ने अवस्था छ । वलीले साथ दिँदा पोखरेलले बहुमत गुमाउने पक्कापक्की छ ।

हुने र एमाले सांसदले फ्लोर क्रस गर्दा पोखरेल नेतृत्वको सरकार ढल्ने विश्लेषणसहित विपक्षीहरुले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । किनकी एमालेका ४१ सांसदहरुमध्ये माधव नेपाल पक्षका दुई जना सांसदहरु मुख्यमन्त्री पोखरेलको विरोधमा खुलेर लागेका थिए । यो हिसावले हेर्दा अब पोखरेल मुख्यमन्त्री बन्ने सम्भावना न्यून छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...