भारतमा एकै दिन भेटिए साढे तीन लाख संक्रमित, झण्डै २८ सयको मृत्यु

Reuters


काठमाडौँ । भारतमा दैनिक रुपमा थपिने कोरोना भाइरसका संक्रमितको संख्याले नयाँ कीर्तिमान कायम गर्ने क्रम रोकिएको छैन।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा (शनिबार) मा तीन लाख ४९ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको छ।

सो अवधिमा कोभिड–१९ बाट २७ सय ६७ जनाको ज्यान गएको छ। अहिलेसम्म कोभिड–१९ बाट एक लाख ९२ हजार ३११ भारतीयको ज्यान गइसकेको छ।

कुल संक्रमितको संख्या एक करोड ६९ लाख ६० हजार भन्दा धेरै पुगेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । शुक्रबार एकै दिन तीन लाख ४६ हजार ७८६ जनामा संक्रमण भएको थियो भने २६ सय २४ जनाको ज्यान गएको थियो ।

भारतमा हाल संक्रिय संक्रमितको संख्या २६ लाख ८२ हजार भन्दा धेरै छ ।

अहिलेसम्म १४ करोड ९ लाख १६ हजार भन्दा धेरैले कोरोना भाइरसविरुद्धको कम्तीमा एक जोड खोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...