नेपाल–खनाल समुहलाई आउट भएपछि एमालेमा कसले के पाए जिम्मवारी ? (सुचीसहित)

Uml baithak

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले नेताहरुको कार्यविभाजन गरेको छ । कार्य विभाजनअनुसार २६५ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले २६५ जना नेताहरुको कार्यभिजान गरेको हो । महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई भूगोल, विभाग र जनसंगठनको विभिन्न जिम्मेवारी दिइएको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘केन्द्रीय कमिटी सदस्यहरुको कार्यविभाजन पनि सम्पन्‍न भएको छ । धेरै कमरेडलाई भूगोलको, केही कमरेडहरुले विभागको र केही कमरेडहरुलाई जनसंगठनहरुको जिम्मेवारी दिएर कार्यविभाजनका कामहरु पनि हामीले सम्प‍न्‍न गरेका छौं ।’

जसमा अध्यक्ष केपी शर्मा ओलीलाई स्कूल विभागको जिम्मेवारी दिइएको छ भने महासचिव इश्वर पोखरेललाई कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इञ्चार्जको जिम्मेवारी दिइएको छ । तर माधवकुमार नेपाल पक्षका नेताहरुलाई भने कुनै जिम्मेवारी दिइएको छैन ।

केन्द्रीय सदस्य खगराज अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुख र स्वास्थ्य सम्बद्ध संगठनहरुको इञ्चार्ज, गोकुल घर्ती नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ तथा सम्बद्ध इञ्‍चार्ज, युवा तथा खेलकुद विभाग प्रमुखमा दावा तामाङ, प्रदीप ज्ञवालीलाई प्रवक्ता तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख, प्रभु साहलाई सहरी विकास विभाग प्रमुख तोकिएको छ ।

तलको सूचीमा हेर्नुहोस्ः 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...