भारतमा एकैदिन थपिए तीन लाख ३३ हजार संक्रमित, २२ सय बढीको मृत्यु

Delhi covid 1619141781

एजेन्सी । कोरोना भाइरसको दोस्रो लहर चलिरहेको भारतमा संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम गर्दैछ । बिहीबार भारतमा अहिलेसम्मकै बढी संक्रमित थपिएका छन् ।

बिहीबार ३ लाख ३२ हजार ५०३ जना संक्रमित थपिएका छन् । योसँगै अहिलेसम्म भारतमा संक्रमित हुनेको संख्या १ करोड ६२ लाख ५७ हजार ३०९ पुगेको छ । बिहीबार २ हजार २५६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ९२८ पुगेको छ ।

नेपालसँग जोडिएका बिहार, पश्चिम बंगाल र उत्तराखण्डमा पनि संक्रमण बढ्दै गएको छ । बिहार र पश्चिम बंगालमा १२ हजार संक्रमित थपिएका छन भने उत्तराखण्डमा थप ५ हजार जनामा संक्रमण देखिएको छ ।

अस्पतालहरूमा बेड अभाव भएको छ । अक्सिजन सिलन्डर जोडेर संक्रमितहरूलाई अस्पतालको बरन्डा र परिसरमा समेत राखिएको छ। कयौं संक्रमितले अक्सिजन नपाएर ज्यान गुमाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतमा सबैभन्दा राम्रो स्वास्थ्य सेवा भएको राजधानी दिल्लीमा पनि संक्रमितले बेड पाउन छोडेका छन् । दिल्लीका ९९ प्रतिशत आईसीयू संक्रमितले भरिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...