बंगलादेशमा कोरोनाबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु

Corona dead body

एजेन्सी । कोरोना भाइरसको महामारी फैलिइरहेको बंगलादेशमा बुधबार एकैदिन अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार कोरोनाका कारण बंगलादेशमा एकैदिनमा ९६ जनाको मृत्यु भएको हो । योसँगै बंगलादेशमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या नौ हजार ९८७ पुगेको अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

बंगलादेशमा एकैदिनमा सवैभन्दा धेरै संक्रमित भने यही अप्रिल ७ मा भएका थिए । त्यो दिन सात हजार ६२६ जना संक्रमित भएका थिए । स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो २४ घण्टामा पाँच हजार १८५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

बंगलादेशमा कोरोना भाइरसबाट अहिलेसम्म संक्रमितहरुको कुल सङ्ख्या सात लाख तीन हजार १७० पुगेको पनि अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा बंगलादेशमा २४ हजार ८२५ जनाको कोरोना परीक्षण गरिएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले संक्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या पाँच लाख ९१ हजार २९९ पुगेको तथ्यांक छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...