इन्डोनेसियामा ‘सेरोजा’ आँधीबाट १७८ जनाको मृत्यु

Indonesiya  571x400

एजेन्सी । इन्डोनेसियाको पूर्वी प्रान्त नुसा टेङ्गगारामा सेरोजा नाम दिइएको आँधीको कारण १७८ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ । यस प्रकोपबाट १७९ जनाको मृत्यु हुनको साथै अन्य ४७ जना हराइरहेका सो प्रान्तका उप गभर्नर जोसेफ नाए सोइ सोमबार साँझमा जानकारी दिएका थिए । इन्डोनेसियामा केही दिन अघि मात्र बाढी

पहिरोबाट दर्जनौ व्यक्तिको मृत्यु भएको थियो । सयौंको संख्यामा विस्थापित भएका थिए । यद्यपी मंगलबार दिउँसो देशको प्रकोप न्यूनीकरण एजेन्सीले आयोजना गरेको भर्चुअल प्रेस सम्मेलनमा प्रान्तीय अधिकारीले विस्थापित व्यक्तिहरुको संख्या घटेको जानकारी दिएका छन् ।

उहाँका अनुसार हाल अस्थायी आश्रयस्थलमा ७ हजार ८९५ जना मात्र बसिरहेका छन् यसअघि बाढी पहिरोको प्रकोपबाट सताइएका ३४ हजार ८३८ जना अस्थायी आश्रयस्थल बस्दै आएका थिए । बाढी र पहिरोले प्रभावित क्षेत्रहरूमा घरहरु, सडक र पुलहरु ध्वस्त भएको पनि समाचारमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...