भारतमा एकै दिन १ लाख ४४ हजारभन्दा बढी संक्रमित थपिए

Corona psycho

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै संक्रमितको संख्या दिनहुँ उच्च संख्यामा बढिरहेको हो ।

मानिसहरुले मास्क, स्यानिटाइजरलगायतका सुरक्षाका सामग्रहीहरु प्रयोग नगर्दा संक्रमण दर ह्वात्तै बढिरहेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै एक लाख ४४ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ७७३ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै‚ भारतपछि पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमण देखिएको मुलुकमा ब्राजिल दोस्रो नम्बरमा छ । त्यहाँ एकै दिन झण्डै ९० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा ८२ हजार ७०० जनामा संक्रमण पुष्टि भएको छ भने टर्कीमा ५५ हजार, फ्रान्समा ४१ हजार, पोल्याण्डमा २८ हजार र अर्जेन्टिनामा २४ हजार मानिसमा संक्रमण पुष्टि भएको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मात्रै ७ लाख ७१ हजार संक्रमित थपिएका छन् । सोही अवधिमा विश्वभर १३ हजारभन्दा बढीको मृत्यु भएको छ । ब्रजिलमा ३ हजार ६४७, अमेरिकामा ८९७, भारतमा ७७३ र पोल्याण्डमा ७६८ जनाको मृत्यु भएको छ ।

यस्तै‚ इटलीमा ७१८, मेक्सिकोमा ५४८ र युक्रेनमा ४१९ जनाले ज्यान गुमाएका छन् । विश्वभर हालसम्म १३ करोड ५२ लाख मानिसमा संक्रमण पुष्टि हुँदा २९ लाख २७ हजारको मृत्यु भएको छ भने १० करोड ८८ लाख मानिस संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...