सैनिक कु भएयता मात्रै म्यान्मारमा ४३ भन्दा बढी बालबालिका मारिए

117811818 myanmar

एजेन्सी । म्यानमारमा गत फेब्रुअरीमा सैनिक कु भएयता मात्रै ४३ जनाभन्दा बढी बालबालिकाको मृत्यु भएको बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय निकाय सेभ द चिल्ड्रेनले जनाएको छ । बालबालिकाको अधिकार र सुरक्षाका दृष्टिले दक्षिण एसियाली मुलुक म्यान्मारको अवस्था निकै गम्भीर रहेको छ ।

सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा सेनाको विरोधमा भइरहेका प्रदर्शनमा सहभागी आन्दोलनकारीमध्ये कयौंको मृत्यु भइसकेको छ ।

सुरक्षाकर्मीको दमनका कारण घाइते हुनेहरुको संख्या पनि बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दावी गरेका छन् । तर स्थानीयहरुले भने मृत्यु हुने बालबालिकाको संख्या ५३६ रहेको दावी गरेका छन् । यसैबीच सैनिक सरकारले म्यानमारकी नेतृ आङ साङ सूची र उनका चार जना सहयोगीलाई विभिन्न मुद्दा लगाएको छ ।

उक्त मुद्दामा १४ वर्षसम्मको जेल सजाय हुने म्यानमारका अधिकारीहरुले जनाएका छन् । सूचीमाथि गत वर्षको निर्वाचनमा धाँधली गरेको र गैरकानुनीरुपमा सञ्चार सेटहरु राखेको लगायतका आरोप लगाइएको छ ।

जारी हिंसा कम नभएको भन्दै म्यानमारको सैनिक नेतृत्वको सर्वत्र आलोचना भइरहेको छ । म्यानमारका लागि संयुक्त राष्ट्रसंघका राजदूतले प्रजातन्त्रको पक्षमा भएको आन्दोलनमा भएको दमन निन्दनीय भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...