आज चैत १८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

Rashi 768x459

मेष (चू,चे,चो,ला,लि,लुले,लो,अ)
नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा सरहका मानिसबाट तपार्ईंको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईंको वर्चस्व कायम रहनेछ भने माया प्रेममा एकअर्कालाई विस्वास गर्दै अगाडि बढ्न सकिनेछ । बिहानको समयमा धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिनेछ भने लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको योग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वु,वे,वो)
सरकारी तथा दैनिक काम गर्दा ध्यान दिन होला अप्रिय निर्णयको शिकार होइयला । लामो दूरीको धार्मिक यात्रा भए पनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा दिएको समय कम हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यसम्बन्धी समस्या आई दैनिक कामहरु गर्न सकिने छैन । घरपरिवार तथा आफन्तबीच मनमुटाव बढ्ने योग रहेको छ ।

मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)
नसोचेका ठाउँमा रुपैयाँ पैसा खर्च हुने सम्भावना रहेको हुनाले आर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । मायाप्रेममा एकअर्कालाई अविश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न । व्यापार व्यावसायमा नाफा कमाउन दिनभरजसो समय दिनुपर्नेछ भने बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लागनी भने फस्टाएर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला । उपाचार खर्च बढ्ने योग रहेको छ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा समृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पढाइ लेखाइमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने विलाशी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । अदालती निर्णयहरु तपार्ईंकै पक्षमा आउनेछन् भने विवादित विषयहरु आफ्नै पक्षमा फैसला गराउन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका स्रोतहरु फराकिला हुँदै जानेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीको हरेका पाइलामा समर्थन पाइने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पढाइ लेखाइमा मिहिनेत गरेअनुसार नतिजा नआउने हुनाले मन चिन्तित हुनेछ । व्यापार व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनुपर्नेछ । मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा सावधानी अपनाउनु होला नराम्रो घट्ना हुनसक्छ । मायाप्रेममा एक अर्काबीच नचाहाँदा नचाहाँदै छुट्टिनुपर्दा नरमाइलो महसुस हुनेछ । राजनीति तथा समाज सेवामा नताको आलोचनात्मक समर्थन रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
पहिलेका कमिकमजोरी सुधार्ने अवसर आउनेछ । ठूला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केही समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको छ । पढ्ने लेख्ने कामका खासै मन नजाँदा अरूभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिए पनि खासै उपलब्धि हासिल हुने छैन भने घर जग्गाको कारोबारबाट केही मात्रामा लाभ लिन सकिनेछ । तर पनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नु,ने,नो,या,यी,यु)
न्यायिक निर्णयहरु तपार्ईंकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । विद्यामा तपार्ईंको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरुलार्ई हराउन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेको छ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापमा भाग लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
विभिन्न अवसर आए पनि समयको गतिसँग अगाडि बढ्न नसक्दा पछिपरिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहेको छ । सभा समारोहमा तयारी बिना नै दिइने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा कमजोर भएको महसुस हुनेछ भने नतिजा अरुतिर नै जानेछ । खानपानमा विशेष ध्यान दिनुहोला खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ ।

मकर (भो,जा,जी,जु,जे,जो,ख,खी,खु,खे,खो,गा,गी)
राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुँदा नाम कमाउन तथा पद प्राप्तिको योग रहेको छ । विभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्य आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एकअर्कालाई विश्वास गर्ने वातावरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,दा)
व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरु भरसक लुकाउने प्रयास गर्नुहोला । अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाइ लेखाइमा अरुभन्दा पछिपरेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला । काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लगि समय उत्तम रहेको छ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची)
व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने इच्छित चाहना पूरा हुने हुनाले मन चङ्गा हुनेछ । भूमि, बाहन तथा पैत्रिक सम्पत्तिको उपयोग गरी थप फइदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउन सकिने समय रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...