आज चैत १६ गते सोमबार, पाथिभरा माताको दर्शन गर्दै हेर्नुस् तपाईको राशीफल

Pathibhara 2014

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आम्दानीका बाटाहरु एक्कासि बन्द हुँदा दैनिक रुपमा चलिरहेका काम प्रभावित हुनेछन् । विवादित विषयको उठान नगर्नुहोला, आफ्नो पक्षमा निर्णय आउने छैन । पढाइलेखाइमा मन नजाँदा अरूभन्दा पछि परिने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानी गरे पनि नाफा कमाउन केही समय कुर्नुपर्नेछ । अग्रज तथा दाजुहरुसँग बिनाकारण विवाद हुने योग रहेको छ । चाहेका वस्तुहरु समयमा उपलब्धि नहुँदा मन खिन्न हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वु,वे,वो)
पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेको छ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्य धन तथा सम्पत्ति कमाउन सकिनेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रियाकलाप पनि ध्यान जानेछ ।

मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)
लामो दूरीको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिने भए पनि गन्तव्य पहिल्याउन मुस्किल पर्नेछ । पढाइ लेखाइमा मन नजाने हुँदा नतिजा अरूकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउन सकिने भए पनि सरकारी स्तरबाट सहयोग नपाइँदा लागू गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा तत्काल लगानी गरिहाल्ने समय नरहेकाले केही समय पर्ख र हेरको रणनीति अपनाउनु होला । प्रेममा धोका हुने अधिक सम्भावन रहेको छ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
सानातिना घरेलु समस्याले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिँदा हुनै लागेको काम बिग्रने तथा अरूकै पोल्टोमा जानेछन् । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकाले केही समय पर्खनु उचित हुनेछ भने बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्य नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
शत्रु तथा प्रतिस्पर्धीहरु आइलाग्ने भए पनि अन्तत तपार्ईंको क्षमता देखेर आफै साइड लाग्नेछन् । स्वास्थ्यसम्बन्धी पुराना समस्या ठीक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाइलेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेको छ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरीमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रसङ्गमा एकअर्काबीच नजिक हुने तथा रमाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
शिक्षामा गरिएको लगानीबाट भनेजस्तो आम्दानी नहुने तथा विद्यार्थी वर्गले चाहेजस्तो सफलता हात लगाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला । अप्रिय घट्ना हुन्न भन्न सकिन्न । माया प्रेममा अविस्वास बढ्ने तथा पतिपत्नीबीच एकअर्कालाई शङ्काको दृष्टिले हेर्दा समस्या उत्पन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला पेटसम्बन्धी समस्या नआउला भन्न सकिन्न ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । सामान्य छातीसम्बन्धी समस्या आउन सक्छ, ख्याल गर्नुहोला । प्रतिस्पर्धीहरुले काममा अवरोध पुर्‍याउन सक्छन्, ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईं आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मीय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पुराना समस्याहरुलाई केही समय दिएर सकाउन सकिनेछ भने नयाँ नयाँ काम गरी रोजगारीका अवसरहरु सिर्जना गरेर मनग्य आम्दानी गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने छोटो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । विद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धीहरुलार्ई सजिलै हराउन सक्नेछन् भने पढाइलेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ । अदालती निर्णयहरु तपार्ईंकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ ।

मकर (भो,जा,जी,जु,जे,जो,ख,खी,खु,खे,खो,गा,गी)
बचन पूरा गर्न नसक्दा आफन्त तथा इष्टमित्रहरु तपार्ईंदेखि टाढिन सक्छन्, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरु हुनेछन् भने पछि पश्चाताप हुनेछ । पढाइलेखाइमा ध्यान नदिए अरूभन्दा पछि परिनेछ । अरूका लागि समय र श्रम खर्च हुनेहुँदा आफ्नो काम थाति रहनेछन् ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,दा)
सामाजिक कामहरु समयमा नै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा वृद्धि हुनेछ । राजनीतिकर्मीले सर्वसाधारणको काम गरी पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाइ लेखाइमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने समय रहेकोले मन प्रशन्न हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुशी रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समयको सही सदुपयोग गरी विदेशी लगानीहरु ल्याई रोजगारका अवसरहरु बढाउन सकिनेछ । कर्म प्राप्तिका लागि लामो दूरीको विदेश यात्रा हुने सम्भावनालाई नकार्न सकिँदैन । व्यावसायबाट भनेजस्तो आम्दानी नहुने हुँदा थप काम गर्न जागर हराएर जानेछ । घरमा आफन्तबीचनै मनमुटाव बढ्ने योग रहेको छ भने माया प्रेममा धोका हुन सक्छ सचेत रहनुहोला ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...