एमाले संसदीय दलको बैठकमा झलनाथ खनाल सहभागी

Uml samsadiya

काठमाडौं । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको नेकपा एमालेको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी भएका छन् ।

यसअघिको संसदीय दलको बैठकमा सहभागी नभएका उनी २३ फागुनमा सर्वोच्चको फैसलाबाट नेकपा एमाले ब्युँतिएपछि पहिलो पटक बैठकमा सहभागी भएका हुन् । यद्यपि वरिष्ठ नेता माधवकुमार नेपाल भने सहभागी भएका छैनन् ।

शुक्रबार नेपाल पक्षीय नेताहरुको बैठकले पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको थियो, जसअनुसार उनीहरु संसदीय दलको बैठकमा गएका हुन् ।

प्रतिकृया दिनुहोस