नेपालद्धारा ओलीलाई प्रश्न, ‘प्रचण्ड’ सँग निरन्तर गोप्य बैठक गर्ने तपाईँ नै सबभन्दा ठूलो ‘मतियार’ होइन र ?

यस्तो छ पूर्ण पाठ

Madhab kumar nepal

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै प्रश्न गर्दै १० बुँदे स्पष्टीकरणको जवाफ दिएका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकले नेपाललगायत चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जसअनुसार, महासचिव ईश्वर पोखरेलले नेपाल लगायतका चार नेतालाई स्पष्टीकरण पत्र पठाएका थिए ।

उनले दिएको आठ पृष्ठ लामो स्पष्टीकरणमा अध्यक्ष ओलीले एमालेलाई फुटको डिलमा धकेलेको जनाएको छ । स्पष्टीकरण पत्रमा नेपालले आफू पक्षका केन्द्रीय सदस्यलाई जानकारी समेत नदिइ एकतर्फी रुपमा केन्द्रीय कमिटी बैठक बोलाएर पार्टीको विधानको उल्लंघन गरेको बताएका छन् ।

अध्यक्ष ओलीको निर्देशनमा पार्टी कार्यालयले पठाएको स्पष्टीकरणको जवाफमा वरिष्ठ नेपाल माधवकुमार नेपालले ओलीमा अहङ्कार भरिँदै गएको र पहिले नेकपा तथा अहिले एमाले फुटाउन लागिपरेको आरोप लगाएका छन् ।

स्पष्टीकरण पत्रमा नेपालले प्रश्न गरेका छन्, ‘तपाईंले बालुवाटारमा गुटको अवैधानिक भेलालाई पार्टी केन्द्रीय कमिटीको विशेष बैठकको संज्ञा दिने पार्टी विधान विपरीतको कार्य गर्नुका साथै पार्टी विधान र नियमावली तथा सम्बन्धित जनसंगठनका विधानहरु विपरीत देशभरी पार्टी कमिटी तथा पार्टीसँग सम्बद्ध जनसंगठनहरुको स्वेच्छाचारी किसिमले गठन र पुनर्गठन गर्दै पार्टीको एकता र प्रणालीमाथि नै प्रहार गरी पार्टीलाई फुटको डिलतर्फ धकेल्ने चेष्टा गरिरहनु भएको छैन र ?’

आफूलाई ओलीले प्रचण्डको मतियार बनेको भन्दै स्पष्टीकरण सोधिएपछि नेता नेपालले प्रधानमन्त्री ओलीलाई नै प्रचण्डको मतियार किन नभन्ने ? भनेर प्रश्न गरेका छन् ।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधान र नीति विपरीत तपाईँले त्यस प्रकार अनधिकृत गतिविधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रूपमा भएका काम र तपाईँ स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपाईँको व्यक्तिवादको अभिव्यक्ति मात्र हो भनी किन नभन्ने ?’ नेपालले भनेका छन्, यदि तपाईँको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईँले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाईँ नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन ।’ 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...