आज चैत १० गते मंगलबार, श्री गणेशको दर्शन गर्दै हेर्नुहोस तपाईको राशिफल

Ganesha 3

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
राजनीति तथा समाजसेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको लागि रुपैयाँ जुटाउन सहज हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्रले अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउन सक्छ, खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने विदेश यात्रा तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपाईंदेखि टाढिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुनसक्छ, काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुका साथै विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आम्दानीको तुलनामा खर्च कम हुने हुँदा फाइदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ भने पैत्रिक धन सम्पत्तिको परिचालनको माध्यमबाट मनग्गे लाभ लिन सकिनेछ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विशेष सेवा सुविधा प्राप्त गर्न सक्नेछन् । पढाइ लेखाइ प्रगतीकै बाटोमा अगाडि बढाउन सकिनेछ भने वित्तिय क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कानून सम्मत् गरिने कुनै पनि कामहरु सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने हुँदा मान सम्मानमा वृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा व्यापार व्यावसायमा लगानी गरी रोजगारीका अवसर सिर्जना गर्न सकिने हुनाले आर्थिक रुपमा सुदृढ भइनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । प्रेम प्रसङ्गमा सामिप्यता बढेर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगति भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको गतिलो उपस्थिती रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्रा तय गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
परिवार तथा आफन्तजनसँग मनमुटाव बढ्नेछ भने पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकै हरुबाट धोका हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पति पत्नीका साथ रमाईलो व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारी साधन तथा भौतिक सम्पत्ति जोड्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा अगाडि तपाईंको नाम आउँदा मन प्रशन्न रहनेछ । माया प्रेमको गाँठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवनयापन गर्न सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार व्यावसाय फस्टाएर जाने हुनाले अन्य व्यावसायमा पनि लगानी गर्ने अवसर आउनेछ । विद्यार्थीहरुले पढाइ लेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । शत्रु परास्त हुने तथा कुनै पनि न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुने हुँदा मान सम्मानमा वृद्धि भएर जानेछ । सुख दुःखमा साथ दिनेहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेको छ भने बौद्धिक, साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । आकस्मिक धन तथा सम्पत्ती हात लागि हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे लाभ लिन सकिनेछ भने शेयर बजारमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्गमा रमाउने समय रहेको छ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
घरजग्गा तथा सवारी साधनको व्यापार व्यावसायबाट सन्तोषजनक नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । छाती सम्बन्धि समस्याले नसताउला भन्न सकिन्नँ । आमा तथा आमासरहका मानिससँग विवाद हुनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेको छ । तरपनि कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
दाजुभाइ तथा छिमेकीबाट तपाईंले सुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ । छोटो दुरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेको छ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानी गर्न आँट आउनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाढता बढेर जानेछ । पढाइ लेखाइ प्रगतीकै बाटोमा अगाडी बढ्ने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापार व्यावसाय फस्टाएर जानेछ भने होटल तथा रेष्टुराँमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आत्मिय मित्र तथा साथीभाइहरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा आफैंतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नीबीच विश्वासको वातावरण बढ्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...