आज २०७७ चैत ९ गते सोमबार, यस्तो छ तपाईको राशिफल

Rashi 768x459

मेष (चू,चे,चो,ला,लि,लु,ले,लो,अ)
साथीभाइ तथा आफन्तसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्य धन लाभ हुने योग रहेको छ । दमदार बोलीको प्रभावले नसोचेको काम हुने तथा सबैले तपार्ईंको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्य आम्दानी गर्न सकिने समय रहेको छ । पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिने समय रहेको छ । प्रेममा सफलता प्राप्त हुने तथा नयाँ योजनाका साथ अगाडि बढ्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वु,वे,वो)
राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । पढाइलेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बीच घनिष्टता बढेर जानेछ । दिगो फाइदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुने योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाती रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गर्दा पनि आम्दानी थोरै हुनेछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । यात्राको अधिक सम्भावना रहेको छ भने विदेशी संस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेको छ । सामान्य आँखासम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
साथीभाइ तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडि बढ्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पत्ति प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टू,टे)
गीत सङ्गीत क्षेत्रमा रुचि बढ्ने हुँदा केही समय रमाइलोतिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । आज गरिएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्य लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा काममा बढुवा हुने योग रहेको छ । पढाइलेखाइमा तपार्ईंको नाम अग्र स्थानमा आउनेछ । मातापिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
नयाँकार्य आरम्भ गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिँदा पनि मनग्य धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुसन्धानमा सकारात्मक नतिजा हात लगाउन सकिने हुनाले शरीरका थप ऊर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईंको बर्चस्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मीयताको विकास हुनेछ भने घरपरिवारमा सबैसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । धर्मकर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदीबहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पत्ति तथा रुपैयाँ पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दा मामिला आइलाग्न सक्छ । काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ । तर पनि बैङ्क तथा वित्तीय संस्थामा गरिएको लगानीबाट सन्तोषजनक नाफा हुनेछ ।

बृश्चिक (तो,ना,नी,नु,ने,नो,या,यी,यु)
पर्यटकीय तथा रमाइलो यात्रा हुनेछ भने भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । मायाप्रेम तथा पतिपत्नीबीचको सम्बन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ । पारिवारिक माहोलमा दिन वित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछि पारी आफू अगाडि बढ्ने समय रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
शत्रु तथा प्रतिस्पर्धीलार्ई हरेक क्षेत्रमा परास्त गर्दै भने जस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीका स्रोतहरु फराकिला पार्दै तत्काल नयाँ व्यावसाय थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउँदै स्कुल तथा कलेजमा छुट्टै पहिचान बनाउन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपार्ईंको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । परिवार तथा सन्तानबाट तपार्ईंले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी बढाउँदा राम्रो कमाइ हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ भने भौतिक धनसम्पत्ति लाभ हुने समय रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यावसायमा नाफा कमाउन निकै नै सङ्घर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घरजग्गाको कारोबारबाट केही मात्रमा लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन । तर पनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अदालती तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईंकै पक्षमा हुनेछन् । दाजुभइ तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथीको सम्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाइलो यात्राको सम्भावना भए पनि यात्राका क्रममा ध्यान दिनु जरुरी छ । पढाइलेखाइमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...