अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा पर्यटन बोर्ड

Board2019 12 25 09 01 15

काठमाडौँ । नेपाल पर्यटन बोर्ड कोभिड–१९ का कारण थलिएको मुलुकको पर्यटनलाई चलायमान बनाउन अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनमा जुटेको छ । कोभिडपछि पहिलो अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धन बोर्डले भारतमा आयोजना हुने साउथ एशियाज ट्रावल एण्ड टुरिज्म एक्सचेन्ज ९साटे०मा सहभागिता जनाउने भएको छ ।

यही मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सहित विभिन्न २५ कम्पनी सहभागी हुनेछन् ।     पर्यटन प्रर्वद्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीतिअनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले जानकारी दिए ।

“भारतमा पनि विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ, तर भारतले अझै धेरै मुलुकका लागि प्रवेशाज्ञा नखोलिरहेको सन्र्दभमा यो कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरेका छौँ”, उनले भने । साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रर्वद्धनका कार्यक्रममा सहभागिता जनाइने सिइओ रग्मीले बताए ।

पछिल्लो पटक सरकारले नेपाल–भारत यातायात सञ्चालन गर्ने निर्णय गरेको र यसअघि एअरबबल सम्झौताअनुरुप नेपाल–भारत दुवै देशबाट दैनिक दुई हवाई उडानसमेत भइरहकाले यो कार्यक्रम नेपालको पर्यटन प्रर्वद्धन गर्न सहयोगी हुने बोर्डको धारणा छ । 

पर्यटन बोर्डले भारतीय पर्यटकलाई नेपालमा आकर्षित गर्न सीमा क्षेत्र, हिल स्टेशन तथा अन्य पर्यटकीयस्थलका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरी सोहीअनुरुपको रणनीतिसमेत बनाएको बोर्डका सिइओ डा.रेग्मीले जानकारी दिए ।

भारतमा हुने साटेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तरराष्ट्रिय पर्यटन उद्योग, बिक्रेता र पर्यटनसँग सम्बन्धित सङ्घसंस्था तथा व्यक्तित्वको सहभागिता रहने गर्दछ । भारत सरकारको पर्यटन मन्त्रालयको सहयोगमा हुने साटेलाई दक्षिण एशियाको महत्वपूर्ण पर्यटन एक्सचेञ्ज मेलाका रुपमा लिने गरिन्छ । कोभिडको सङ्क्रमणपछि नेपाल पर्यटन बोर्डले डिजिटल माध्यमबाट विभिन्न अन्तरराष्ट्रिय मञ्चमा नेपालको पर्यटन प्रर्वद्धनको काम गरे पनि भौतिकरुपमा सहभागिता जनाउने यो पहिलो कार्यक्रम हो ।

नेपालले सन् २०२० मा जनवरी ८ देखि १० तारिखमा भारतको गे्रटर नोयडामै आयोजना भएको साटेमा समेत सहभागिता जनाएको थियो । गत वर्ष नेपालबाट विभिन्न ३६ वटा संस्था कम्पनीले सहभागिता जनाएका थिए । यस वर्ष कोरानाका कारण सहभागी हुन जाने कम्पनीको सङ्ख्या केही घटे पनि कोभिडको खोप आइसकेको अवस्थामा भारतीय बिक्रेतालाई विभिन्न प्याकेजमार्फत आकर्षित गरिने निजी क्षेत्रका सहभागीको धारणा छ । सोअनुसार सहभागी कम्पनीले विभिन्न खालका प्याकेजसमेत तयार पारेका छन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...