तान्जानियाका राष्ट्रपति मगुफुलीको ६१ वर्षको उमेरमा निधन

Ettyimage

एजेन्सी । अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको छ । मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति जोन मगुफुलीको उपचारकै क्रममा निधन भएको हो ।

बिगत दुई सातादेखि सार्वजनिक स्थलमा देखा नपरेका राष्ट्रपति जोनको स्वास्थ्यमा जटिलता आएपछि अस्पताल भर्ना गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।

तान्जानियाका उपराष्ट्रपति सामिया सुलुह हसनले राष्ट्रपतिको निधन भएको पुष्टि गर्दै देशले एक प्रभावशाली र गणतन्त्र पक्षधर नेता गुमाएको बताएका छन् ।

राष्ट्रपतिको निधनप्रति तान्जानियामा १४ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ भने देशको झण्डा १४ दिनसम्म आधा झुकाइने छ । जोन मगुफुलीले सन् २०१५ को अक्टोबरदेखि राष्ट्रपति पद सम्हालेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...